श्रावण १, २०८२ बिहिबार July 17, 2025

महोत्सवमा देशभरबाट कविता पठाउन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ वैशाख : नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँं वार्षिकोत्सवको अवसरमा हुने राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कविता पठाउन आह्वान गरिएको छ ।

प्रतिष्ठानले उक्त महोत्सवका देशभरबाट आगामी जेठ २० गतेसम्म कविता पठाउन समय तोकेको हो । प्रतिष्ठानमा उपस्थित भई वा सूचनामा भएको इमेलमार्फत कविता पठाउन सकिने व्यवस्था गरिएको प्रतिष्ठानका वरिष्ठ अधिकृत सुधिर ढगेलले जानकारी दिनुभयो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आगामी असार ९ गते हुने महोत्सव समावेशी सहभागितामूलक र बहुभाषिक हुने महोत्सवमा तोकिएको समयसिमापछि प्राप्त हुने कविता प्रतियोगितामा समावेश नगराइने जनाइएको छ ।

मुलुकमा प्रचलित सबै भाषा र मातृभाषाका कवितालाई महोत्सवमा समावेश गरिने भए पनि मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्नेछ ।

महोत्सवमा सहभागी हुने कविले कविता पठाउँदा सम्बन्धित प्रदेशसहितको ठेगाना खुलाएर एकप्रति पासपोर्ट साइजको फोटो र सम्पर्क नम्बर प्रतिष्ठानलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

महोत्सवमा प्राप्त भएका कवितामध्येबाट उत्कृष्ट १० कवितालाई जनही रू ४० हजारसहित कदर पत्रले पुरस्कृत गरिने छ । प्रतियोगीले आफ्नो कविता कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट महोत्सव सम्पन्न नभएसम्म प्रकाशन गर्न नपाइने नियम बनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार