वैशाख १६, २०८१ आइतबार April 28, 2024

प्याब्सन लिटिल आइडलको खोजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले ‘मिस लिटिल आइडल २०२३’ को खोजी सुरू गरेको छ ।

प्याब्सन काठमाडौंले शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता यो १२औं संस्करण हो ।

प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । छनोट भएका प्रतियोगीहरुलाई २०८० साउन ६ गतेदेखी प्रशिक्षण सुरु गरी साउन २७ गते शनिबार अन्तिम प्रतिष्पर्धा गराइने छ ।

प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्य र कोच सिभिरा लामाले तीन साता प्रशिक्षण दिनुहुने छ भने अन्य विभिन्न विधाका विशेषज्ञबाट समेत प्रशिक्षण दिइने छ । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यसैगरी मिस ट्यालेन्ट उपाधि विजेतालाई पनि एकवर्षको छात्रवृत्तिसहित १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । गतवर्षदेखी हरेक सहभागीलाई उनीहरुमा निहित क्षमता र प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधीसहित सम्मान गरिदै आएको छ ।

प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा कक्षा चारदेखी कक्षा आठसम्म अध्ययनरत ८ देखी १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन पाउने बताए । ‘शैक्षिक कोर्षमा नसमेटिएका तर बदलिँदो समय र प्रविधीका कारण आवश्यक विधामा छात्राहरुलाई दक्ष बनाउन र उनीहरुमा निहित प्रतिभा प्रस्फुटन, आत्माविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न मिस लिटिल आइडल आयोजना गरिएको हो’, अध्यक्ष राईले भने ।

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)ले प्रतियोगितामा परिचय राउण्ड, कल्चरल राउण्ड, स्पिच राउण्ड, टप १५ राउण्ड र टप ७ राउण्ड गरी पाँच चरणमा प्रतिष्पर्धा गराइने जानकारी दिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया