वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सहरका डिजिटल स्क्रिनमा ‘म’ ट्रेलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आमदर्शकसम्म फिल्मको प्रचारप्रसार गर्न फिल्म ‘म’ ले दर्शकमाझ ट्रेलर देखाउने अभियान सुरु गरेको छ । जसका लागि काठमाडौंका मुख्य चोकमा व्यावसायिक प्रयोजनका लागि राखिएका ठूला डिजिटल स्क्रिनमा ट्रेलर नियमित रुपमा प्रसारण गरिरहेको छ ।

फिल्मको ट्रेलर कलंकी, कालीमाटी, माइतीघर, कमलादी, दरबारमार्ग, गौशाला, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका स्क्रिनमा प्रसारण भइरहेको हो ।

निर्देशक सूवर्ण थापाले काठमाडौंका मुख्य चोकमा दैनिक लाखौं यात्रु जाममा पर्नुपर्ने बाध्यता भइरहँदा त्यो जामको समयमा फिल्मको ट्रेलर हेर्न सकुन् भनेर डिजिटल स्क्रिनमा ट्रेलर देखाइन थालिएको बताए ।

‘हलसम्म नजाने र युट्युबमा भिडियो नहेरेका सर्वसाधारण यात्रुले पनि फिल्मको बारेमा थाहा पाउने भएकाले यो मार्केटिङ रणनीति अपनाइएको हो’, उनले भने । साउन २० गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचारप्रसारको शैलीलाई डिजिटल बनाएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्मका क्रिएटिभ निर्माता प्रकाश पुरी हुन् । फिल्ममा निशा अधिकारी, सबिन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सञ्जोग रसाइली र पुनम श्रेष्ठको अभिनय छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार