असार २३, २०८२ सोमबार July 7, 2025

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा

वैशाख २१ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा कालो पट्टि बाधेर सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ वैशाख।  शिक्षक महासङ्घले सरकारसँग सम्झौता गरेर आफूहरूलाई धोका दिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा जारी संयुक्त विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो।

परिषद्ले वैशाख २१ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा कालो पट्टि बाधेर सहभागी हुने बताएको छ । कक्षा १२ को परीक्षा आगामी जेठ ३ गतेसम्म हुनेछ।

महासङ्घले रहस्यमय ढङ्गबाट सरकारसँग सम्झौता गरेर धोका दिएको परिषद्ले बताएको छ। वार्ताको बाहानामा महासङ्घले अल्पमतको बेवास्ता गरेको आरोप छ।

विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई महासङ्घले धोका दिएको भन्दै जेठ ९ र १०  गते माइतीघरमा उपस्थित भएर आन्दोलनमा सहभागी हुन परिषद्ले आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार