भाद्र ६, २०८३ शनिबार August 22, 2026

नागरिक एपमा १०० सरकारी सेवा थपिँदै

नागरिकलाई आवश्यक सेवा एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले नागरिक एपमा सेवा विस्तार गर्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्ष नागरिक एपमा १०० भन्दा बढी सरकारी सेवा थपिने जानकारी दिएका छन् ।

आठौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै मन्त्री गुरुङले नागरिकलाई आवश्यक सेवा एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले नागरिक एपमा सेवा विस्तार गर्न लागिएको उल्लेख गरे ।

उनका अनुसार हाल ३५ सरकारी निकायका ६५ भन्दा बढी सेवा नागरिक एपमा आबद्ध गरिसकिएको छ । “सबै मन्त्रालय अन्तर्गतका उच्च प्राथमिकताका १०० भन्दा बढी सेवाहरू यसै वर्षभित्र नागरिक एपमा आबद्ध गर्ने योजनाका साथ कार्य अगाडि बढिरहेको छ,” मन्त्री गुरुङले भने ।

उनले डिजिटल नेपाल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र यसका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधारका कार्यहरू तीव्र गतिमा भइरहेको बताए । सूचना प्रविधिको विकाससँगै नेपाल पनि सूचना प्रविधिको युगमा प्रवेश गरिरहेको र यसले नेपालीहरूको जीवनशैलीमा समेत परिवर्तन ल्याएको उनको भनाइ छ ।

उनले देशभर दूरसञ्चार सेवाको पहुँच पुगेको, सबै स्थानीय तह र वडा केन्द्रसम्म यसै वर्षको अन्त्यसम्ममा दिगो ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुर्याउन निरन्तर कार्य भइरहेको र देशका कुना कन्दरासम्म फोरजी सेवाको व्यापक विस्तार गर्नुका साथै काठमाडौँ र सातै प्रदेशका मुख्य सहरहरूमा यसै वर्षको अन्त्यसम्ममा फाइभजी प्रविधिमा आधारित सेवा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए ।

मन्त्री गुरुङले सरकारी डेटा सेन्टरको स्तरोन्नति र आधुनिकीकरण गर्ने, निजी क्षेत्रका डाटा सेन्टरहरूको सञ्चालन सम्बन्धी निर्देशिका तयार गर्ने, डिजास्टर रिकभरी सेन्टर स्थापना र प्रभावकारी सञ्चालनका लागि आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध गरी सबलीकरण र आधुनिकीकरण गर्ने कार्य सुरु गरिएको बताए ।

नेपालको समग्र सूचना प्रविधि विकासका लागि घोषित सूचना प्रविधि दशकलाई समेटेर २५ वर्षे दीर्घकालीन रणनीति सहितको दस्तावेज तयार गरी ‘सूचना तथा सञ्चार प्रविधि विकास मार्गचित्र-२०२५’ सार्वजनिक गर्ने योजना रहेको उनले सुनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार