असार २४, २०८२ मंगलबार July 8, 2025

आँखाको उपचार सेवा विस्तार गर्न ‘स्पेक्स-२०३०’ हुने

सबैका लागि आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ वैशाखः नेपालमा आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले ‘स्पेक्स-२०३०’ कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उक्त कार्यक्रम सुरु गर्न लागेको हो ।

डब्लुएचओको दृष्टि तथा आँखा स्वास्थ्य कार्यक्रमका डा स्टुअर्ट किलले पछिल्लो समय बालबालिका र युवामा टाढा वा नजिकको देख्न नसक्ने दृष्टि दोषको समाधान गर्न ‘स्पेक्स–२०३०’ कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम कार्यान्वयनले विश्वव्यापी रूपमा नेपालले आँखासम्बन्धी उपचारका सम्बन्धमा गरेको प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कार्यक्रमले सबै नागरिकको आँखासम्बन्धी स्वास्थ्य सेवा र चस्मामा पहुँच सुनिश्चित गर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले उक्त स्पेक्स कार्यक्रमले आँखा स्वास्थ्यलाई समग्र स्वास्थ्य प्रणालीको अभिन्न अङ्ग बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले विशेषगरी अत्यावश्यक आँखा उपचार सेवाको खाँचो परेका व्यक्तिमा कार्यक्रम केन्द्रित हुँदै सबैका लागि आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले यथाशीघ्र कार्यक्रम कार्यान्वयन हुने बताउनुभयो ।

स्पेक्सको उद्देश्य दृष्टि दोष उपचार सेवामा पहुँच सुधार गर्नु, सेवा विस्तार गर्नु, सेवा प्रदान गर्न दक्ष जनशक्ति तयार गर्नु, जनतालाई दृष्टि र आँखाको स्वास्थ्यका बारेमा शिक्षित गर्नु, दृष्टि दोष उपचार सेवा, चस्माको लागत घटाउनुलगायत रहेको डब्लुएचओले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार