असार २३, २०८२ सोमबार July 7, 2025

कर्णालीमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागु

सुर्खेतका नौ वटा विद्यालयमा जीवनोपयोगी शिक्षा कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भेरीगङ्गा (सुर्खेत), २३ वैशाखः कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट (परियोजना)’का रूपमा सुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक दिन किताबविहीन शिक्षा’ विद्यार्थीलाई दिने योजना ल्याएको थियो । सोही योजनाअनुसार सुर्खेतका नौ वटा विद्यालयमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागू गरिएको हो ।

विद्यालयमा साताको एक दिन विभिन्न सीपयुक्त ज्ञान विद्यार्थीलाई दिने गरिएको छ । जसबाट विद्यार्थीमा व्यावहारिक ज्ञानको विकास भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । परीक्षणका रूपमा सुर्खेतको वीरेन्द्रनगरका अमरज्योति मावि, जन मावि, भैरव मावि र जनसेवा मावि घुस्रामा एक दिन किताबविहीन शिक्षाको सुरुआत गरिएको छ ।

भेरीगङ्गा नगरपालिकाको शारदा मावि, लेकवेशकी नगरपालिका जीवनज्योति मावि दशरथपुर, पञ्चपुरी नगरपालिका विद्याज्योति मावि र बराहाताल गाउँपालिकाको जनज्योति माविमा पनि जीवनोपयोगी शिक्षाको सुरुआत गरिएको कर्णाली प्रदेश सरकार, शिक्षा विकास निर्देशनालय निर्देशक दीपा हमालले जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिलाई पनि जीवनोपयोगी शिक्षामा जोड्न कर्णालीको एकमात्रै विद्यालय सिद्ध बहिरा मावि वीरेन्द्रनगरमा यो कार्यक्रम लागू गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई हप्ताको एक दिन जीवन सिकाइअन्तर्गतका सीपहरू सिकाउने गरिएको भन्दै हमालले कृषि, प्रविधि, वाइरिङ, पलम्बिक, कुकिङ र सिलाइबुनाइका सीप सिकाउने गरिएको जानकारी दिनुभयो ।

हमालले भन्नुभयो, “अहिले यो कार्यक्रम पाइलट परियोजनाका रूपमा नौ वटा विद्यालयमा सुरु गरेका छौँ, अबको शिक्षा व्यावहारिक हुनुपर्छ, भनेर कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।”

अबको युगमा विद्यार्थीलाई सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानको आवश्यकता रहेको भन्दै सरकारले सुरु गरेको जीवनोपयोगी शिक्षालाई प्रदेशभर विस्तार गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रदेश सरकारले यो कार्यक्रमका लागि रु ३५ लाख बजेट छुट्याइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार