असार २२, २०८२ आइतबार July 6, 2025

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा, म्यान्चेस्टर सिटी पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः युरोपियन च्याम्पियन्स लिग फुटबलको समीकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वाटरफाईनल खेलमा फ्रान्सको ओलम्पिक लियोनले इंग्ल्यान्डको म्यान्चेस्टर सिटीलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

अब सेमिफाइनल लियोनले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नुपर्नेछ । अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मनीको आरबी लेप्जिङसँग भिड्नेछन् । गएरातीको खेलमा लियोनले म्यान्चेस्टर सिटीलाई ३–१ ले हरायो । उसका लागि मौसा डेम्बेलेले २ तथा म्याक्सवेल कोेर्नटले १ गोल गरे ।

पराजित टोली सिटीका केभिन डे ब्रायनले एक गोल गरेका थिए । यो हारसँगै म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने सपना चकनाचुर भएको छ । यसपटक सेमिफाईनलमा जर्मनीका दुई टोली तथा फ्रान्सका दुई टोली पुगेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार