काठमाडौं, २४ वैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले कक्षा ११ को केन्द्रीय परीक्षा २०८२ को समयतालिका सार्वजनिक गरेको छ।
प्याब्सन केन्द्रीय कार्यालय, सानेपा, ललितपुरद्वारा प्रकाशित सूचनामा अनुसार परीक्षा आगामी फागुन २१ गतेदेखि सुरु भई फाल्गुन ३० गतेसम्म सञ्चालन हुनेछ।
परीक्षा बिहान ११ बजेबाट सुरु हुने जानकारी दिइएको छ। प्याब्सनले परीक्षा केन्द्र तथा विद्यार्थीको सिट नं. सम्बन्धी विवरण सम्बन्धित विद्यालयहरूमा पठाउने जानकारी दिएको छ।
परीक्षा तालिका हेर्नुहोस् :
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया