कार्तिक ११, २०८३ बुधबार October 28, 2026

तीन बर्ष पछि अमिर खान ठुलो पर्दामा, भोली ‘सितारे जमीं पर’को ट्रेलर रिलिज हुने

‘सितारे जमीं पर’ सुरुमा सन् २०२४ को क्रिसमसमा रिलिज हुने भनिएको थियो तर विभिन्न कारणले पछि सारिदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, २४ बैशाख । लगभग ३ वर्षको अन्तराल पछि बलिउड सुपरस्टार आमिर खान कमेडी ड्रामा ‘सितारे जमीं पर’ का साथमा ठूलो पर्दामा देखिदैँछन्।

जुन उनको २००७ को फिल्म ‘तारे जमीं पर’ को सिक्वेल हो। निर्माताहरूले घोषणा गरेका छन कि ‘सितारे जमीं पर’ अब जुन २० मा ठूलो पर्दामा विश्वभरी रिलिज हुनेछ ।

रिलिज हुन एक महिनाभन्दा अलि समय बाँकी रहेको बेला निर्माण पक्षले फिल्मको अर्को एसेट लन्च गर्ने तयारी गरेको छ । पछिल्लो रिपोर्ट अनुसार आमिर खानले ‘सितारे जमीं पर’ को ट्रेलर मे ८ अर्थात भोली बिहीबार सार्वजनिक हुनेछ ।

सो ट्रेलरको आधिकारिक घोषणा भने अझै भएको छैन । यद्यपि फिल्मको कथा र प्रचार अभियानको बारेमा विस्तृत रूपमा गोप्य राखिएको छ।

यसअघि सोमवार आमिर खानले अफिसियल फर्स्ट लुक पोस्टरसहित फिल्मको रिलिज मिति घोषणा गरेका थिए । फिल्मको विषयवस्तु ‘तारे जमीं पर’ सँग मिल्दो जुल्दो छ तर यसमा नयाँ पात्र र प्रसंगसहित नयाँ कथा रहेको बताइएको छ । यो स्पेनिश फिल्म च्याम्पियन्स (२०१८) मा आधारित छ।

‘सितारे जमीं पर’ सुरुमा सन् २०२४ को क्रिसमसमा रिलिज हुने भनिएको थियो तर विभिन्न कारणले पछि सारिदै आएको थियो ।

समाचार अनुसार एक अहंकारी र आत्मकेन्द्रित बास्केटबल कोच र विशेष रूपमा सक्षम विद्यार्थीहरूको कथा फिल्ममा देखाइनेछ । फिल्मलाई आमिर खान प्रोडक्सनले निर्माण गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार