असार २३, २०८२ सोमबार July 7, 2025

सुदूरपश्चिममा ३२ वटा नमुना सामुदायिक विद्यालय छनाेट

डडेल्धुरामा परशुराम नगरपालिका–४स्थित भागेश्वर मावि कटाल र गन्यापधुरा गाउँपालिका–४ स्थित भुवनेश्वरी मावि जैसेरा छनौट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २६ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारले नौ जिल्ला नमुना सामुदायिक विद्यालय छनोट गरेको छ । सामाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको हो ।

मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरिका सामुदायिक विद्यालयलाई मागेको आवेदनको आधारमा सामाजिक विकासमन्त्री मेघबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनोट गरेको जनाएको छ ।

मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले बिहीबार जारी पत्रमा छनाेट भएका नमुना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरुयोजना बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा गुरुयोजना पेस गर्न निर्देशन दिएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टीकापुर, जनजागृती मावि लम्कीचुहा, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगङ्गा, सरस्वती मावि गोदावरी, शारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनोट भएका छन्।

कञ्चनपुरमा सरस्वती मावि पुनर्वास, महाकाली मावि बेलौरी, कृष्ण मावि गुलरिया, भुवनेश्वरी मावि सिसैया, लक्ष्मी मावि बागफाँटा बागफाँटा र लक्ष्मी मावि दोधाराचाँदनी छनोट भएका छन् ।

डडेल्धुरामा परशुराम नगरपालिका–४स्थित भागेश्वर मावि कटाल र गन्यापधुरा गाउँपालिका–४ स्थित भुवनेश्वरी मावि जैसेरा रहेका छन् । बाजुरामा जनप्रकाश मावि र पशुपति मावि बुढीनन्दा, डोटीमा राधाकृष्ण मावि, शिखर, बर्छैन मावि बडिकेदार, बैतडीमा वासुदेव मावि लिष्किटा, वीरेन्द्र मावि साहिलेक, बझाङमा लामातोला मावि खप्तडछान्ना, सरस्वती मावि बुङ, दार्चुलामा सम्पाल मावि व्यास, लटिनाथ मावि मार्मा, अछाममा प्रभाधम्कोट मावि र नेपाल राष्ट्रिय मावि चाफामाडौं, गुरुकुल मावि ढकारी छनाेट भएका छन् ।

नमुना विद्यालयमा छनाेट भएको कैलालीको छडि माविका प्रधानाध्यापक छविलाल सापकोटाले विद्यालयको गुणस्तर वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री लगायतको गुरुयोजना तयारगरी पेस गर्ने योजना रहेको बताउनुभयो ।गोपबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार