असार २३, २०८२ सोमबार July 7, 2025

अफगानी सुरक्षा कारबाहीमा २१ तालिवान लडाकुको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ ।

अफगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु ७ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अफगान विषेश सुरक्षा बलले आइतबार पुष्टि गरेको छ ।

बड्घीस प्रान्तमा १२ जना मारिएका हुन् भने अर्का १ जना घाइते भएका हुन् । त्यहाँ सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । पहिलो आक्रमण क्वाडीस जिल्लाको क्वार्चाघी गाउँमा भएको अफगान राष्ट्रिय सैनिक विषेश बलको टोलीले जनाएको छ ।  घटनाका क्रममा स्थानीय गाउँले तर्फ र सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको पनि सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।

त्यसैगरी अर्को घटना गजनी प्रान्तमा भएको हो । त्यहाँ नौ जना मारिएको र अरु ६ जना घाइते भएको सुरक्षा निकायले जनाएको छ । आन्द्र जिल्लाको चाहर डेवार भन्ने ठाउँमा भएको जनाइएको छ ।  अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरुले देशका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाउँदै आएका छन् ।

पछिल्ला दुवै घटनाका बारेमा तालिवान विद्रोहीहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया