असार २३, २०८२ सोमबार July 7, 2025

एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले गत सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ ।

अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौ । बोर्डले सबै कर्मचारी र सदस्यलाई आइताबारको लागि तयारी हुन आग्रह गरेको छ–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिको लागि सिसिएमसि मार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले साधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसइई) ले परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भनने विषयमा भन्न नसकिने बताउनुभयो । उच्चस्रोतका अनुसार मंगलबार भित्र परीक्षाफल प्रकाशित भैसक्नेछ ।

विद्यालयले प्रमाणित गरी पठाएको विवरण शिक्षा विकास तथा समन्वय इकाईले तयारी गरी पनिकामा पठाएको थियो । पनिकाले अंकलाई अक्षरांङक प्रणालीमा तयार गरेको छ । योवर्ष विद्यालयले गरेको अन्तिम मुल्याङकको आधारमा परीक्षाफल प्रकाशित हुनेछ । यो वर्ष ४ लाख ८५ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

रोकथाम तथा ब्यवस्थापन समिति (सिसिएमसि) ले निर्देशन दिएपछि मात्रै एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थयो । बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकोले ढिलो भएको जनाएतापनि मुख्य विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको थियो मन्त्रालयले समेत स्वीकृत दिएपछि परीक्षाफल प्रकाशित गर्न लागेको हो ।

तत्काल परीक्षाफल प्रकाशित गर्दा निजी विद्यालयले भर्ना खुला गर्ने र विद्यालयमा भीडहुने देखिएपछि बोर्डले तालुकदार अड्डा मन्त्रालय र मन्त्रालयले सिसिएमसिसंग सल्लाह लिएको थियो । बोर्डले सल्लाह अनुसार परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी छ । तत्काल परीक्षा अफ कोरोना संक्रमणको संख्या बढेसंगै यो वर्ष एसईईको बोर्डले साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।

सरकारले यो वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङकन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार