असोज ७, २०८३ बुधबार September 23, 2026

एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले गत सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ ।

अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौ । बोर्डले सबै कर्मचारी र सदस्यलाई आइताबारको लागि तयारी हुन आग्रह गरेको छ–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिको लागि सिसिएमसि मार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले साधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसइई) ले परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भनने विषयमा भन्न नसकिने बताउनुभयो । उच्चस्रोतका अनुसार मंगलबार भित्र परीक्षाफल प्रकाशित भैसक्नेछ ।

विद्यालयले प्रमाणित गरी पठाएको विवरण शिक्षा विकास तथा समन्वय इकाईले तयारी गरी पनिकामा पठाएको थियो । पनिकाले अंकलाई अक्षरांङक प्रणालीमा तयार गरेको छ । योवर्ष विद्यालयले गरेको अन्तिम मुल्याङकको आधारमा परीक्षाफल प्रकाशित हुनेछ । यो वर्ष ४ लाख ८५ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

रोकथाम तथा ब्यवस्थापन समिति (सिसिएमसि) ले निर्देशन दिएपछि मात्रै एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थयो । बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकोले ढिलो भएको जनाएतापनि मुख्य विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको थियो मन्त्रालयले समेत स्वीकृत दिएपछि परीक्षाफल प्रकाशित गर्न लागेको हो ।

तत्काल परीक्षाफल प्रकाशित गर्दा निजी विद्यालयले भर्ना खुला गर्ने र विद्यालयमा भीडहुने देखिएपछि बोर्डले तालुकदार अड्डा मन्त्रालय र मन्त्रालयले सिसिएमसिसंग सल्लाह लिएको थियो । बोर्डले सल्लाह अनुसार परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी छ । तत्काल परीक्षा अफ कोरोना संक्रमणको संख्या बढेसंगै यो वर्ष एसईईको बोर्डले साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।

सरकारले यो वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङकन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार