श्रावण १, २०८२ बिहिबार July 17, 2025

‘धोबीघाट मेलोडी’ माथि चर्चा

देशप्रेमको भावना विस्तार र सामाजिक विसङ्गतिप्रतिको व्यङ्ग्य एकसाथ प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २८ वैशाख : मुकुन्दराज शर्माकृत निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’माथि शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रमका वक्ताहरूले निबन्ध कृतिमाथि विभिन्न कोणबाट टिप्पणी राखे ।

पत्रकार रघुनाथ वाग्लेले कृतिमा समावेश निबन्धले सशक्त सन्देश दिएको बताउनुभयो । समाजका विकृतिमाथि व्यङ्ग्यको तिखो वाण प्रहार गर्न निबन्ध सफल भएको भन्दै उहाँले देशप्रेमको भावना विस्तार र सामाजिक विसङ्गतिप्रतिको व्यङ्ग्य एकसाथ प्रस्तुत गरेको धारणा राख्नुभयो ।

“निबन्धमा गरिएका केही नयाँ प्रयोगले निबन्धकार शर्मालाई विशिष्ट पहिचान दिएको छ”, उहाँले भन्नुभयो, “लेखकले आफूले जीवनमा देखेभोगेका कुरालाई निबन्धका रूपमा प्रस्तुत गर्नुभएको छ, विचार प्रवाहका दृष्टिले पनि निबन्ध सफल छन् ।”

‘हिउँचुलीमा हिउँ बग्यो’, ‘वनमाराले वनै खायो’लगायत चर्चित गीतका गीतकारसमेत रहनुभएका शर्माको यसअघि ‘शब्दशिविर’ नामक निबन्ध सङ्ग्रह प्रकाशित छ । साहित्यकार सरुभक्तले शर्माका निबन्धमा भएको काव्यिक गुणले आफू प्रभावित भएको बताउनुभयो ।

निबन्धमै विद्यावारिधि गर्नुभएका डा जीवलाल बस्यालले आफू शर्माका निबन्धसँग लामो समयदेखि परिचित रहेको बताउँदै उहाँका निबन्धमा पाइने छुट्टै स्वादले पाठक प्रभावित हुने गरेको अनुभव सुनाउनुभयो । सोसाइटीका पूर्वअध्यक्ष उपेन्द्र पौडेलले कृति विभिन्न फूलहरूको मालाजस्तै सुन्दर बनेको भनाइ राख्नुभयो । हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा कृतिमाथि बहस गर्ने गरिएको सोसाइटीका अध्यक्ष रूपिन्द्र प्रभावीले बताउनुभयो । आगामी जेठको अन्तिम शनिबार सुरेश भुसालको कृति ‘छालबाटो’माथि रोशन शेरचनले परिचर्चा गर्ने कार्यक्रम रहेको सोसाइटीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार