असार २१, २०८२ शनिबार July 5, 2025

लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न बाटो खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आज लगानी बोर्डको प्रमुख कार्यकारीको हैसियतले काम गर्न बाटो खुला गरेको हो ।

आदेशमा भनिएको छ, “अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई रहन परेन, प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भीर्यका आधारमा छिटो निरुपण हुन उपयुक्त देखिएको छ ।” यसअघि पाटन अदालतमा मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले यही साउन २७ गते भट्टलाई प्रमुख कार्यकारीको हैसियतमा काम गर्न तत्कालका लागि नदिन अल्पकालीन अन्तरिम आदेश जारीे थियो ।

भट्टमा सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर काम गर्ने योग्यता नपुगेको र स्वच्छ छविको नभएको जिकिर गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट निवेदन दायर गर्नुभएको थियो ।

आज दुवै पक्षबीचको छलफलपछि अदालतले भट्टलाई काम गर्न बाटो खुलाएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार