असार २१, २०८२ शनिबार July 5, 2025

कोरोना सन्त्रासपछि चितवनमा जताततै निषेधाज्ञा – दुई अस्पतालका मेसुसहित चिकित्सक र नर्समा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवनमा अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सक र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरूमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा समेत कोरोना संक्रमण देखिएपछि जिल्लाका ६ पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

चितवनमा कोरोना संक्रमतिको संख्या १९९ जना पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १२१, माडी नगरपालिकामा ४१, राप्ती नगरपालिकामा १५, रत्ननगरमा ९, खैरहनीमा ७ र कालिकामा पाँच जना कोरोना संक्रमति रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । इच्छाकामना गाउँ पालिकामा एक जना मात्र कोरोना संक्रमित छन् ।

चितवनमा साउन ९ गतेपछि परीक्षण जारी नै भए पनि संक्रमति भेटिएका थिएनन् । साउन २१ गते पछि कोरोना संक्रमतिको संख्या बढ्दै गएको हो । कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकामा शनिबारबाट भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । आइतबार माडी नगरपालिकाबाहेकका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि ५ भदौसम्मका लागि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरिएको छ ।

चितवन जिल्लामा एकै दिन २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चिकित्सक र नर्सहरूसमेत छन् । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्स छन् ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा साउन ३१ गते शनिबार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी, स्त्री रोग तथा प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेलसहित तीन चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि रत्ननगरमा रहेको रत्ननगर वकुल्हर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेलाई पनि कोरोना संक्रमण भएको थियो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी खैरहनी नगरपालिका–८ का २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

क्यान्सर अस्पताल भरतपुरले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले साउन ३२ गते विज्ञप्ति निकालेर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पछिल्लो समय लगातार कोरोना रिर्पोट पोजेटिभ आउन थालेपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताएका छन् । आकस्मिक सेवा पनि ओपिडीबाट दिने तयारी अस्पतालले गरेको छ ।

संक्रमितसँग सम्पर्कमा आएकाको परीक्षण र अस्पतालको निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको कार्यकार निर्देशक डा. गौतमले बताए । शनिबार राति आएको रिपोर्टमा क्यान्सर अस्पतालको मात्रै आकस्मिक कक्षमा कार्यरत पाँच जना नर्समा कोरोना पोजेटिभ आएको थियो । योसहित सो अस्पतालमा १० जना नर्स र ७ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

क्यान्सर अस्पतालमा दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्छन् । वि.सं. २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् ।

सबै खाले अर्थात् कोरोना आशंकित, पुष्टि भएका र नभएकाहरूको उपचार एकै ठाउँमा हुनु नै कोरोना संक्रमण फैलनुको प्रमुख कारण देखिएको छ । त्यति मात्रै होइन, एउटै चिकित्सक वा नर्सले आशंकित, कोरोना भएका र नभएका बिरामीको उपचार गर्दा यो समस्या स्वास्थ्यकर्मीमा झन् बढी देखिएको छ । यतिसम्मकी स्वास्थ्यकर्मी खुलमखुला जताततै आफूलाई प्रस्तुत गर्ने गरका छन् ।

कोरोना संक्रमितको उपचारमा न्यूनतम सावधानी नअपनाउँदा उच्चतम खतरा देखिएको छ । उनीहरूको व्यवस्थापनमा अस्पतालले पनि ध्यान दिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार