कार्तिक ११, २०८३ बुधबार October 28, 2026

लोकदोहोरी गायक अमर लामाको निधन

लामा गायनका साथै नाट्य र उद्घोषण विधामा पनि उत्तिकै चर्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका कलाकार अमर लामाको सोमबार बेलुका ४७ वर्षको उमेरमा निधन भएको छ। पेटको बिरामीले थला परेका उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो। काठमाडौंमा उपचार हुन नसक्दा घर ल्याउँदै गर्दा बिच बाटोमै उनको निधन भएको हो।

डोटीको बडिकेदार गाउँपालिका–३ देवल (घाङल) मा जन्मेका लामा हाल कैलालीको चुरे गाउँपालिकाको खानीडाँडामा बस्दै आएका थिए। स्कुले जीवनमै पढ्दै गर्दा पहराको फूल नामक गीति एल्बमबाट चर्चित लामाले दर्जनौँ गीति एल्बम बजारमा ल्याएका थिए।

लामा गायनका साथै नाट्य र उद्घोषण विधामा पनि उत्तिकै चर्चित थिए। बाँसुरी, मादल, हार्मोनियमलगायतका वाद्यवादनमा पनि उत्तिकै पोख्त लामा सुदूरपश्चिममा हुने मेला, महोत्सवमा आकर्षणका केन्द्र थिए।

महेन्द्रनगरको महाकाली एफएमबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका लामाले डोटीको शैलेश्वरी एफएममा स्टेसन म्यानेजरका रूपमा काम गरिसकेका थिए।

लामाको मंगलबार हिन्दु धार्मिक परम्परा अनुसार गोदावरी नदीमा अन्तिम संस्कार गरिएको छ। गोदावरी आर्यघाटमै अन्तिम संस्कारमा श्रद्धाञ्जली दिन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. टीएन जोशी, चलचित्र पत्रकार संघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशी, उपाध्यक्ष विवेक नागरी, सचिव कृत विष्ट, पत्रकार वीरेन्द्र रावल, वरिष्ठ गायक नरेन्द्रराज रेग्मी, चर्चित डेउडा गायक भुवन दाहाल, डोटीको बडिकेदारका समाजसेवी तथा नेकपा एमालेका युवा नेता सिद्धराज जोशी, चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटी लगायतका कालाकार तथा राजनीतिकर्मी पुगेका थिए।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जोशीले लामाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। लामाका दुई पत्नी, दुई छोरा र दुई छोरी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार