काठमाण्डौंः चितवनको खैरहनी नगरपालिका–६ मा रहेको खैरहनी माध्यमिक विद्यालयका शिक्षक गोपालप्रसाद शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
द्वितीय तहका स्थायी शिक्षक रहेका शर्माले नियुक्तिका क्रममा भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट जारी भएको भनी नक्कली प्रवीणता प्रमाणपत्र पेश गरेका थिए। अख्तियारको अनुसन्धानमा सो प्रमाणपत्र झुट्टा ठहरिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दर्ता गरिएको हो।
अख्तियारले शर्माले नक्कली कागजातमार्फत सरकारी सेवा प्रवेश गरी ओहोदा, लाभ र सुविधा लिएको पुष्टि गर्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवाना हुने गरी कारबाही माग गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया