श्रावण ७, २०८२ बुधबार July 23, 2025

धनुषामा आजदेखी फेरी एकसाता लकडाउन थपियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना जेखिमलाई मध्यनजर गर्दै धनुषा जिल्ला भरि फेरी एकसाता लकडाउन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि साउन ७ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६/३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

बिहान ११ बजेसम्म भने पसल व्यवसाय संचालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जारी गरको सूचनामा उल्लेख छ । तर व्यवसाय संचालन गर्न मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दुरी मेन्टन गर्न भिनिएको छ । उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनु पर्ने नियम जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । जनकपुरदेखि क्षिरेश्वरनाथ नगरपालिकासम्म जारी गरिएको निषेधाज्ञा दोश्रो पटक साउन २५ गते थप गरेको थियो । तर जिल्ला भरि नै कोरोना जोखिम बढेपछि प्रशासनले आइतबार रातिदेखि जिल्ला भरि नै एकसाताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार