कार्तिक २२, २०८३ आइतबार November 8, 2026

हिउँदे वा वर्षे बिदाको अवधिमा पठनपाठन सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षक आन्दोलनले गुमेको पठनपाठनको क्षतिपूर्ति गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनअघि भएको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा प्रभावित भर्ना तथा पठनपाठन कार्यक्रमलाई सन्तुलनमा ल्याउन शिक्षकहरूलाई आग्रह गरेको छ ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा अघिल्लो वर्षको चैत महिनामा काठमाण्डौ केन्द्रित पेशागत आन्दोलन सञ्चालन भएको थियो । आन्दोलनका कारण विद्यार्थीको सिकाइमा परेको असरलाई पूर्ति गर्न विद्यालयको आवश्यकतानुसार हिउँदे वा वर्षे बिदाको अवधिमा पठनपाठन सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनमा शिक्षक र विद्यालय कर्मचारीको सहभागिता भएका कारण देखिएको विद्यालयको प्रशासनिक चुनौती समाधान गर्न कानूनी र व्यवस्थापकीय उपायहरू अवलम्बन गर्नुपर्ने उल्लेख छ ।

आन्दोलन टुङ्ग्याएर सबै जना पेशागत कार्यमा फर्किएको अवस्थामा उनीहरूको निरन्तर सक्रियता र विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सबै पालिका, विद्यालय र सरोकारवाला निकायहरूलाई समन्वय, सहकार्य र सहजीकरणमा विशेष भूमिका खेल्नसमेत अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार
घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
२०८३ कार्तिक २२, आइतबार
चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा
२०८३ कार्तिक २२, आइतबार
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
२०८३ कार्तिक २२, आइतबार
सुनचाँदीको मूल्य स्थिर
२०८३ कार्तिक २२, आइतबार
नियममा बाँधिएपछि टोल बन्यो सुन्दर
२०८३ कार्तिक २२, आइतबार