कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं, २ जेठ । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक भएको छ।

गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ।

निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ्ग, सञ्चिता बोलाखे, गोविन्द विवस,प्रेमराज लामिछाने र सन्देश थापा लगायतको अभिनय देख्न सकिन्छ।
सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग एचवीएन किस्मतले स्टुडियो वनडिवी एचडीमा गरेका छन् ।

गीत र संगीतमा सधैं रुचि राख्ने शिवाकोटीको यो सांगीतिक कोशेली ‘के लाई हतार’  गोविन्द मधुर आचार्यको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । टिपिकल शब्द चयन र भाषा छनोटमा पोख्त शिवाकोटीको गीत निकै मार्मिक भएको आँकलन गरिएको छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार