कार्तिक २२, २०८३ आइतबार November 8, 2026

बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै

विद्यालय बन्द
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, ५ जेठ : विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताउनुभयो ।

“बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १–३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो,” उहाँले भन्नुभयो “यसपाली बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन् ।”

गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दिपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ । नगर प्रमुख सुरत केसीका अनुसार कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने, विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको नगर प्रमुख केसीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार
घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
२०८३ कार्तिक २२, आइतबार
चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा
२०८३ कार्तिक २२, आइतबार
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
२०८३ कार्तिक २२, आइतबार
सुनचाँदीको मूल्य स्थिर
२०८३ कार्तिक २२, आइतबार
नियममा बाँधिएपछि टोल बन्यो सुन्दर
२०८३ कार्तिक २२, आइतबार