श्रावण १, २०८२ बिहिबार July 17, 2025

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

ऋतिक रोशनले केही समयदेखि बलिउडमा पैसा कमाइरहेका छैनन तर पनि उनको पारिश्रमिकमा कुनै कटौती भएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, ८ जेठ । यशराज फिल्मसको ‘वार २’ यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र मध्ये एक हो।

यशराज ब्यानरमा बनेको यस चलचित्रमा ऋतिक रोशन फेरि एकपटक र एजेन्ट कबीर धारिवालको भूमिकामा दुश्मनसँग लड्दै गरेको देखिने भएका छन्।

तर, उनको यो लडाई यसपटक भने सहज हुनेवाला छैन् किनभने उनको अगाडि साउथका सुपरस्टार जुनियर एनटीआर छन्, जो अयान मुखर्जी निर्देशित फिल्मबाट बलिउडमा डेब्यु गर्दैछन् ।

फिल्ममा कबीरको भूमिका खेलेर ऋतिक रोशनले जुनियर एनटीआरलाई कसरी जित्छन् ? यो त वारः २ रिलिज पछि मात्रै थाहा हुनेछ तर शुल्कको हिसाबले भने बलिउडका रोशनले आरआरआर स्टारलाई निकै नै जितेका छन्। ऋतिकले जुनियर एनटीआर भन्दा झन्डै डबल पारिश्रमिक लिएका छन् ।

ऋतिक रोशनले केही समयदेखि बलिउडमा पैसा कमाइरहेका छैनन तर पनि उनको पारिश्रमिकमा कुनै कटौती भएको छैन किनभने वारको सिक्वेलको सम्पूर्ण भार उनको काँधमा रहेको छ। तसर्थ, रिपोर्टहरू अनुसार निर्माताहरूले अभिनेतालाई उनको माग गरिएको बराबरको रकम दिन पछि हटेका छैनन्, छात्ति फुलाएर ऋतिक माथी पैसा खन्याएका छन् ।

द सियासत डेली डट कमका अनुसार देवाका लागि करिब ६० करोड भारु लिएका जुनियर एनटीआरले आफ्नो बलिउड डेब्यु फिल्मका लागि भने ३० करोड भारु मात्रै लिएका छन जबकी ऋतिक रोशनले यस फिल्मबाट ४८ करोड भारु लिएका छन ।

त्यसो त जुनिएर एनटिआरको जन्मदिनमा रिलिज भएको वारः २ को टिजरले भ्युको हिसाबले सुस्त सुरुवात गरेको थियो तर अहिले ऋतिक रोशन जुनियर एनटीआरको फिल्मको यो टिजर युट्युबमा ट्रेन्डिङ नम्बर १ मा रहेको छ। पछिल्लो २४ घण्टामा यो टिजरलाई २ करोड १९ लाखभन्दा बढीले हेरेका थिए, जो अहिले पनि लगातार बढीरहेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार