श्रावण ७, २०८२ बुधबार July 23, 2025

राष्ट्रियसभा अध्यक्ष र रुसी राजदूतबीच भेटवार्ता – नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धमा बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुसमा परीक्षण भइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले छिटै विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभसँग भेटकाका क्रममा अध्यक्ष तिमिल्सिनाले यस्तो विश्वास व्यक्त गरेका हुन्। रुसमा कोरोना विरुद्धको भ्याक्सिन परीक्षण भएको समाचारले आफूहरूलाई खुशी तुल्याएको समेत उनले बताएका थिए।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा कोरोना भाइरसले पारेको असरबारे छलफल भएको थियो। यसका साथै नेपाल र रुसबीचको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको बताइएको छ।

अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।त्यसैगरी, अध्यक्ष तिमिल्सिनाले असहज स्थितिमा पनि रुसमा रहेका नेपाली समुदायको ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

उनले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्‍याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको उल्लेख गरेका थिए।

भेटका क्रममा राजदूत नोभिकभले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताए।

रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने समेत उनले बताएका थिए। ‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले भनेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार