कार्तिक २२, २०८३ आइतबार November 8, 2026

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको कदममा अदालतको रोक

वर्षा सुरु हुनु अघि नै मर्मत र सुदृढीकरण कार्य सम्पन्न गर्न नसक्दा हरेक वर्ष यातायात ठप्प हुने समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कदमलाई त्यहाँको अदालतले रोक लगाएको छ ।

बोस्टनको संघीय अदालत अन्तर्गतको जिल्ला अदालतले विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्ड विश्वविद्यालयको अधिकार खोस्ने ट्रम्प प्रशासनको कदमलालाई रोक लगाएको हो ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार न्यायाधीश एलिसन बुरोजले ट्रम्प प्रशासनको उक्त कदममा अस्थायी रोक लगाएका हुन् । अदालतको उक्त आदेशले हजारौं विदेशी विद्यार्थीहरूलाई तत्काल राहत प्रदान गरेको छ । यो मुद्दामा अर्को सुनुवाइ नहुन्जेलका लागि विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार सुरक्षित भएको छ ।

बिहीबार ट्रम्प प्रशासनका गृह मन्त्री कृष्टि नोयमले विश्वविद्यालयलाई पत्राचार गर्दै विदेशी विद्यार्थी भर्ना अधिकार खोसेको थियो । ट्रम्प प्रशासनले हार्वर्डले यहूदी विरोधी भावना विरुद्ध लड्न र भर्ना अभ्यासहरू परिवर्तन गर्न पर्याप्त काम नगरेको लगायतका आरोप लगाएको छ । तर त्यो आरोपलाई विश्वविद्यालयले अस्वीकार गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया