असार २३, २०८२ सोमबार July 7, 2025

‘शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु’- शिक्षामन्त्री

शिक्षक महासङ्घसँग विधेयकका बारेमा छलफलमा नै रहेकाले चाँडै टुङ्ग्याउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै उहाँले सहमतिमा कार्यान्वयन गराउन सरकार र राजनीतिक दलको प्रतिबद्धतासमेत रहेको बताउनुभयो ।

मन्त्री पन्तले विधेयकलाई निष्कर्षमा पुर्याउनका लागि शिक्षक महासङ्घसँग छलफल चलिरहेकाले समितिसमक्ष एक हप्ताका लागि समय माग गर्नुभएको छ । उहाँले शिक्षक महासङ्घसँग विधेयकका बारेमा छलफलमा नै रहेकाले चाँडै टुङ्ग्याउने बताउनुभयो ।

समिति सभापति अमरबहादुर थापाले विधेयकका सम्बन्धमा सम्बन्धित मन्त्रालयले दायित्य रहेकाले भताभुङ्ग भएको शिक्षालाई सही दिशा निर्देश गर्न विधेयक जति सक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य महिन्द्र राय यादवले शिक्षकसँग भएको विगतको सम्झौताअनुसार नै विधेयक ल्याउनुपर्ने बताउनुभयो । उहाँले निजी विद्यालयका विषयमा समितिको एउटै धारणा हुनुपर्नेमा जोड दिँदै शिक्षकको समस्या समाधान नगरे मुलुक गम्भीर समस्यामा पर्ने बताउनुभयो ।

समितिका सदस्य ज्ञानु बस्नेत सुवेदीले दोहोरो शिक्षा प्रणालीको अन्त्य विधेयकले गर्नुपर्ने भन्दै बाल शिक्षाको विषय समितिबाट टुङ्ग्याउनुपर्ने बताउनुभयो । सदस्य सुमना श्रेष्ठले शिक्षा मन्त्रालयले विधेयकलाई टुङ्गो लगाउनका लागि छलफल गर्नुपर्ने बताउनुभयो ।

सदस्य देवेन्द्र पौडेलले बाल शिक्षाको विषयलाई समितिमा छलफल गरेर टुङ्ग्याउनुपर्ने बताउनुभयो । सदस्य रेखा शर्माले विधेयकका बारेमा सरकारको धारणा आउनुपर्ने भन्दै आर्थिक दायित्वको विषयमा पनि छलफल गर्नुपर्ने बताउनुभयो ।

यस्तै दीपा शर्माले प्रारम्भिक बाल विकास विद्यालयको जग भएकाले बाल शिक्षालाई बेवास्ता गरेर जान नहुने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार