असार २३, २०८२ सोमबार July 7, 2025

त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक-कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेश

१० वर्षसम्म अस्थायी वा करार सेवामा काम गरेका शिक्षक र कर्मचारीलाई मात्र आन्तरिक प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्न सकिने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आन्तरिक प्रतिस्पर्धाका आधारमा प्राध्यापक तथा कर्मचारी भर्ना गर्ने व्यवस्था सर्वोच्च अदालतले रोक लगाएको छ। अदालतले खुला प्रतिस्पर्धा सुनिश्चित गर्दै त्रिविको नियम संशोधनलाई असंवैधानिक ठहर गर्दै परमादेश जारी गरेको हो।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले २०८१ फागुन ६ गते जारी गरेको परमादेशको पूर्णपाठ हालै सार्वजनिक भएको छ। अदालतले त्रिविमा नियुक्ति खुला प्रतिस्पर्धाबाट मात्र गर्नुपर्ने स्पष्ट पारेको छ।

त्रिवि सभाले २०७८ मंसिर १४ मा शिक्षक कर्मचारी सेवा नियमावलीको नियम ६ मा संशोधन गर्दै १० वर्षसम्म अस्थायी वा करार सेवामा काम गरेका शिक्षक र कर्मचारीलाई मात्र आन्तरिक प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्न सकिने व्यवस्था गरेको थियो।

यस व्यवस्थाविरुद्ध योग्यता पुगेका अन्य इच्छुक व्यक्तिहरूलाई खुला प्रतिस्पर्धाबाट अवसरबाट वञ्चित गराएको भन्दै मनिता खत्री लगायतले रिट दायर गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार