असार २१, २०८२ शनिबार July 5, 2025

मनसुनजन्य विपद्का कारण हुने मृत्यु विगत १० वर्षकै उच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ । चीनको एक कुनामा देखिएको कोरोना भाइरसले नेपालमा आएर दुःख देला भन्ने हाम्रो कल्पनामै थिएन तर हामी अहिले त्यो महामारीको प्रत्यक्ष मारमा परेका छौँ ।

यसपालि यो अकल्पनीय कोरोनाको कहरमात्र नभएर हामीलाई विनासकारी विपद्ले पनि दुःख दिएको छ । यो विपत्तिले मानिसको ज्यान लिएसँगै भौतिक र आर्थिक क्षति गराइरहेको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुनुको साटो झन्भन्दा झन् बढ्दै गएको देखिएको छ । यसबीचमै मनसुनजन्य विपत्तिको अर्को चुनौतीले देशको जनजीवन र भूगोललाई नै थिलथिलो बनाइरहेको छ । हरेक दिनजसोको मनसुनी वर्षा पछिको पहिरो, बाढी र डुबान वस्तीवस्तीमा काल बनेर पसेको छ । त्यसैले पनि अहिले हामीलाई आपतमाथि झन् ठूलो विपत बर्सिरहेको भान भइरहेको छ ।

हरेक दिनजसो पहिरोमाथि पहिरोका दुर्घटना थपिएका छन् । पहिले पहिलेका मनसुनी वषामा हुनेभन्दा बढी नै यसपालि बाढी पहिरोले बस्ती नै सोहोरेका छन् । कोभिड–१९ बाट मृत्युको ग्राफ बढ्दै गर्दा यसपालीको मनसुनजन्य विपद्का कारण पनि मृत्युको ग्राफ विगत १० वर्ष कै उच्च बन्न पुग्यो ।

आइतबारसम्मको विवरणमा कोभिड–१९ का कारण मुलुकमा १०४ जनाको मृत्यु भएको छ भने २६ हजार ६६० जना सङ्क्रमित भएका छन् । मनसुन सक्रिय भएको दिन २०७७ जेठ ३१ पछि मनसुनजन्य विपदमा परेर पछिल्लो दुई महिनामा मात्रै २३१ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट मात्रै २०६ ले ज्यान गुमाए । सँगसँगै आएको यी दुई महाविपत्ति नेपालको इतिहासकै एक अति कठिन समय बन्न पुगेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार