असार २१, २०८२ शनिबार July 5, 2025

लाखौंका लोकप्रिय समाजसेवीले मलामी पाएनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः आधुनिक धुलिखेल नगरपालिका तथा धुलिखेल खानेपानी निर्माणका सफल परिकल्पनाकार मध्येका एक वरिष्ठ समाजसेवीको मंगलबार दुखद निधन भयो, तर उहाँले कुनै आफन्त मलामी पाउनुभएन ।

धुलिखेललाई काकाकुलको अवस्थाबाट मुक्ति दिलाउन जर्मन सहयोग नियोगसम्म पुगेर हारगुहार गर्ने समाजसेवी ९८ वर्षका हुनुहुन्थ्यो । मंगलबार राति २ बजेको समयमा उहाँ कोरोनासँग पौठेजोरी खेल्दाखेल्दै बित्नुभयो ।

उहाँको श्रावण २७ गते कृष्णजन्माष्टमीका दिन ९८ औं जन्मदिन मनाउने तयारी भैरहेको थियो । अन्य वर्षमा उहाँको जन्मदिनको अवसर पारी पारिवारिक प्रतिष्ठानबाट समाजमा उत्कृष्ट काम गर्ने व्यक्ति, संघ–संस्थालाई सम्मान गर्ने र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गर्नुहुन्थ्यो ।

उहाँलाई बचाउन धुलिखेल अस्पताल र परिवारले सक्दो प्रयास गर्यो । परिवारका सात सदस्यलाई उहाँकै सेवा गर्दागर्दै कोरोना भाइरस संक्रमण नै भयो । अरु दुई सदस्यलाई भने पहिला नै संक्रमण भएको थियो ।

विक्रम संवत् १९८० भाद्र १८ गते सोमबार श्रीकृष्ण जन्माष्टमीका दिन काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा जन्मेका उहाँ व्यापार–व्यवसायमा सफल हुनुहुन्थ्यो । साधारण लेखपढ मात्र गर्ने उहाँ महात्मा गान्धी, जवाहरलाल नेहरु, बी.पी.कोइराला र गणेशमान सिंहबाट प्रभावित हुनुहुन्थ्यो । उहाँका सबै सन्तान अहिले व्यापार व्यवसाय र समाजसेवामा नै सकृय छन् ।

काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माले उहाँ एक प्रसिद्ध समाजसेवी र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा धुलिखेलका लागि अति नै ठूलो योगदान पु¥याएका व्यक्ति हुनुहुन्थ्यो, कोरोना महामारीका कारण मलामी जाने अवस्थासम्म रहेन भनेर दुःख व्यक्त गर्नुभयो । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार