खजुरा, जेठ १२ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहको अध्यापन आगामी असारदेखि सुरु गर्न लागेको छ।
२०७९ असार १८ गते स्थापना भएको विश्वविद्यालयले हाल स्नातक तहमा चारवटा इन्जिनियरिङ तथा सूचना प्रविधिका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अब एम टेक इन आइटी र एम टेक इन कम्प्युटर साइन्स कार्यक्रमका लागि स्नातकोत्तर अध्यापन सुरु गर्न लागिएको कुलसचिव रेगबहादुर भण्डारीले जानकारी दिनुभयो।
यसका लागि ३८ जना विद्यार्थीले आवेदन दिएका छन् र जेठ १७ गते प्रवेश परीक्षा तय गरिएको छ। आवश्यक पूर्वाधार, जनशक्ति र पाठ्यक्रम तयारी पूरा भइसकेको विश्वविद्यालयले जनाएको छ।
नेपालगन्जको धम्बोझीस्थित कृषि विकास बैंकको भवनमा हाल अध्यापन कार्य हुँदै आएको छ। विश्वविद्यालयले गुणस्तरीय र उत्तरदायी प्राविधिक शिक्षाको लक्ष्य लिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया