असार २२, २०८२ आइतबार July 6, 2025

विद्यार्थी भर्ना अभियान फितलो

कक्षा एकदेखि पाँचसम्म विद्यार्थी सङ्ख्या कम भए पनि कक्षा ६ देखि १० सम्म विद्यार्थी सङ्ख्या सन्तोषजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लहान, जेठ १३ गते  । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भने नाराको साथ जेठ १५ गतेसम्म भर्ना अभियान जारी छ । भर्ना अभियान अन्तिम चरणमा पुग्दा लहान नगरपालिका शिक्षा शाखाले नाम चलेको विद्यालयमा अनुगमन गर्दा अभियान भने फितलो देखिएको छ । कक्षा एकदेखि पाँचसम्म विद्यार्थीको सङ्ख्या फितलो देखिएको हो ।

लहान नगरपालिका शिक्षा संयोजकसमेत रहनुभएको नगरप्रमुख महेशप्रसाद चौधरी र शिक्षा शाखा प्रमुख अमिरीप्रसाद यादवले लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयमा अनुगमन गर्दा नाम चलेको, भौतिक पूर्वाधार र पर्याप्त शिक्षक दरबन्दी रहेको यस विद्यालयको कक्षा १ देखि ५ सम्म नियमित सय जना विद्यार्थीसमेत उपस्थिति नहुनु चिन्ताको विषय भएको अनुगमन टोलीले बताए ।

कक्षा २ र ३ मा चार जना र कक्षा ४ र ५ मा नौ जना विद्यार्थीलाई शिक्षिकाले पढाइरहेको अनुगमनका क्रममा पाइएको शिक्षा प्रमुख अमिरी यादवले जानकारी दिनुभयो । उहाँले हाजिरकपीमा विद्यार्थी सङ्ख्या देखिए पनि कक्षाकोठामा विद्यार्थी नरहेको  भन्दै  खाजाको रुटिन अनुसार शुव्रmबार फलफूल दिइने भएकाले विद्यार्थी उपस्थिति बढी हुने गरेको बताउनुभयो । २००५ सालमा स्थापना भएको पशुपति आदर्श माध्यमिक विद्यालयको यस्तो अवस्था रहनु चिन्ताको विषय भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गत वर्ष नै बालविकासमा १६ जना र कक्षा १ देखि ५ सम्म ११७ जना विद्यार्थी भर्ना रहेको अभिलेख शिक्षा शाखामा बुझाएको थियो । यस वर्ष बढ्नुपर्नेमा झन् फितलो देखियो ।”

पशुपति आदर्श माध्यमिक विद्यालयमा ८० प्रतिशत विद्यार्थीको हातमा नयाँ पुस्तक नपुगेको, नियमित खाजा कार्यव्रmम नचलेको, कक्षा एकदेखि पाँचसम्म अति न्युन विद्यार्थी रहेको, रजिस्टरमा देखाएको विद्यार्थी सङ्ख्या वास्तविक नभएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले नयाँ रणनीति बनाएर विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने गृहकार्यमा लागिसकेको बताउनुभयो । पशुपति आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. महेन्द्रप्रसाद चौधरी जतातै संस्थागत विद्यालय खुलेपछि कक्षा एकदेखि पाँचसम्म विद्यार्थी सङ्ख्या कम भए पनि कक्षा ६ देखि १० सम्म विद्यार्थी सङ्ख्या सन्तोषजनक नै भएको बताउनुभयो ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार