असार ५, २०८३ शुक्रबार June 19, 2026

रातारात ‘रफ’ लोगो छानियो, मेरो कलाको अवमूल्यन भयो- टेकवीर मुखिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लोगोको डिजाइन दिने प्रक्रिया के थियो ?

लकडाउनका वेलामा संसद् सचिवालयबाट अपर्झट लगाइएको थियो । मलाई लिन गाडी लिएर घरमै आएका थिए । सिंहदरबार पुगेपछि लोगो बनाउनेबारे छलफल भयो । उहाँहरूले भोलि नै लोगोको डिजाइन दिनूस् भन्नुभयो । यति अपर्झट कसरी गर्नु, भ्याइँदैन भनेँ । तर, भोलि बैठक छ जसरी पनि सक्नुपर्छ भन्नुभयो । त्यसपछि म दिनरात खटेर लोगो बनाएँ । मैले दुईवटा डिजाइन बनाएको थियो । त्यसमध्ये एउटा ‘फाइनल’ थियो, अर्कोचाहीँ ‘रफ’ । उहाँहरूले त्यो लिएर जानुभयो । उहाँहरूलाई मैले फाइनल र रफ दुवै डिजाइनबारे बताएको थिएँ । छनोट गर्नुअघि एकपटक भन्नुहोला भनेको थिएँ । उहाँहरूले ‘रफ’ गरेको लोगोचाहीँ छान्नुभएछ । तर, त्यो मलाई देखाउन ल्याउनुभएन ।

लोगो छनोट भएको कसरी थाहा पाउनुभयो ?

पास भएको लोगो देखाउन ल्याउनुभएन । पछि टिभीमा लोगो देखाएपछि पो झस्याङ्ग भएँ । हिजो पनि टिभीमा लोगो देखाएपछि म जिल्ल परेँ । दुई कक्षाका बच्चाले पनि त्योभन्दा राम्रो बनाउँछन् । छानिएको लोगोमा गल्ती छ । त्यस्तो डिजाइन त मेरो हुँदै होइन, सानो बच्चाले गरेकोजस्तो छ । मैले पहिला–पहिला पनि यस्तो डिजाइन गरेको छु । पञ्चायतकालदेखि नै मैले डिजाइन गर्दै आएको हुँ । पञ्चायतकाल, बहुदल, गणतन्त्र आएपछि पनि मैले गर्दै आएको छु । बच्चाले जस्तो काम गर्छु म ? मैले त्यो पैसाका लागि मात्रै गरेको हो र ? होइन नि । मेरो कलाको नै अवमूल्यन भयो ।

सचिवालयमा आपत्ति जनाउनुभएन ?

मैले रफ र फाइनल डिजाइन पठाएको भोलिपल्टजस्तो लाग्छ, साँझ टिभी हेर्दा ‘रफ’चाहीँ पास भएको थाहा पाएँ । भोलिपल्ट मैले सचिवालयमा फोन गरेर ‘रफ’ पास गर्नुभएछ । तर त्यो ल्याइदिनुपर्यो, म फाइनल गरिदिन्छु भनेँ । उताबाट ‘होइन, होइन, त्यो हामीले मिलायौँ, पर्दैन’ भन्ने जवाफ आयो ।

अहिले आएको लोगो तपाईंले नै बनाएको भनेको छ त संसद् सचिवालयले ?

होइन । मैले पठाएको डिजाइन त ‘रफ’ थियो ।

तपाईंले ‘रफ’ बनाएअनुसार लोगो अहिले भयो कि भएन ?

मैले रफ पठाएको र अहिले बनेर आएको लोगोमा पनि आकाश–जमिनको फरक छ । बच्चाले बनाएकोजस्तो गरेको छ । झण्डामा पनि दाग छ । म त यो कुरा त्यहाँको हाकिमलाई हजारचोटी भन्छु । अहिले मान्छेले ‘कम्प्लेन’ गरिरहेका छन् । म हिजो रातभरि सुत्नै सकिनँ । मान्छेले गाली गरिरहेका छन् मलाई । मैले पैसाका लागि होइन, राष्ट्रका लागि गरेको हो । म त पैसा फिर्ता दिन पनि तयार छु ।

लोगो पास गरिसकेपछि तपाईंलाई देखाउनुपथ्र्याे तर देखाएनन् भन्ने गुनासो हो ?

हो । मैले त ‘रफ’ पठाएको थिएँ ।

यो लोगोको ‘स्वामित्व’ लिनुहुन्छ कि लिनुहुन्न ? 

त्यो लोगो त मैले बनाएकै होइन । मेरो नक्कल गरेर बनाएको हो । मेरो डिजाइनलाई उनीहरूले नक्सा खिचेर गरेको हुँदै होइन । मैले बनाएको र त्यो अहिले आएको डिजाइनमा त आकाश जमिन नै फरक छ नि । लोगो बनेर आएपछि पास गर्ने बेलामा मैले गरेको डिजाइन अनुसार पास गर्नुपथ्र्यो । तर, एक त उनीहरूले मलाई ‘रफ’ डिजाइनलाई फाइनल गर्न पनि दिएनन् । अहिलेको लोगो महाभद्दा छ । यो विषयमा म मन्त्री शिवमाया तुम्बाहाङ्फेलाई पनि फोन गर्छु ।

लोगो वितरण भएपछि तपाईंले फोन गर्नुभयो ?

लोगो पास भइसकेपछि मैले त फोन गरिनँ । मेरी श्रीमतीले सचिवालयमा फोन गरिन् । अब यसमा सरको कुरा आउँदैन भनेछन् उनीहरूले । ब्याच बनाउनेले नै खराब गरेको भनेछन् । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार