श्रावण ७, २०८२ बुधबार July 23, 2025

हामीले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढिरहेको छ: मुख्यमन्त्री पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । उहाँले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग (भीमफेदीबाट कुलेखानी) को लागि परामर्श सेवाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जानकारी दिँदै उक्त कुरा बताउनुभएको हो ।

पौडेलले सन्देशमार्फत प्रदेश राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभएको छ ।

“यस मार्गको निर्माण नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुन्छ भन्ने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको हो, सुरुङमार्ग निर्माणपछि हेटौँडा काठमाडौँको यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्राअवधि तथा आर्थिक बचतसमेत गराउने हाम्रो विश्वास छ”, पौडेलले भन्नुभएको छ ।

“सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने कुरामा हामी विश्वस्त छौँ”, मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार