श्रावण १, २०८२ बिहिबार July 17, 2025

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी

फाइनल खेलमा एआई स्ट्राटेजिष्ट र इनर्जी गार्डियन आमनेसामने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १६ जेठ । प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् ।

यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरू बीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।

युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमने सामने भएका थिए ।

यी रोबोटहरू पूर्णतया स्वचालित थिएनन्, बरु तिनीहरू रिमोट मार्फत मानिसद्वारा नियन्त्रित थिए। यस म्याटको समयमा वास्तविक मुक्का र किक जस्ता चालहरू हरेक फाइटमा देख्न सकिएको थियो । प्रतियोगितामा एआई स्ट्राटेजिष्ट, सिल्क आर्टिसन, आर्मर्ड मुलान र इनर्जी गार्डियन सहभागी चार रोबोटहरू मैदानमा उत्रेका थिए ।

प्रतियोगितालाई तीन राउण्डमा विभाजन गरिएको थियो र प्रत्येक राउन्ड दुई मिनेटको थियो। अंकको प्रणाली पनि राखिएको थियो, रोबोटले हातले आक्रमण गरे एक अंक र खुट्टाले आक्रमण गरे तीन अंक पाउँने नियम बनाइएको थियो ।  यदि खसेमा ८ सेकेन्ड भित्र उठ्ने मौका दिइएको थियो, अन्यथा अंकहरू कटौती गरिने नियम बनाइएको थियो ।

पहिलो प्रतिस्पर्धा एआई स्ट्राटेजिष्ट र सिल्क आर्टिसनबीच थियो। एआई रणनीतिकारले सुरुदेखि नै तीखो आक्रमण गरेर सिल्क आर्टिसनलाई कुनै मौका दिएनन्। तेस्रो राउन्डमा पुग्दा एआई स्ट्राटेजिष्टले प्रतियोगिता जित्यो।

फाइनल खेलमा एआई स्ट्राटेजिष्ट र इनर्जी गार्डियन आमनेसामने भएका थिए। प्रतियोगिता नजिकै रहेको देखिए पनि एआई स्ट्राटेजिष्टले एकपछि अर्को गरी तीनवटै राउण्ड जितेर आफूलाई विजेता साबित गरेको थियो। जुन खेलको यतिखेर विश्वभरी चर्चा परिचर्चा भइरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार