असार २३, २०८२ सोमबार July 7, 2025

आधारभूत कक्षामा विद्यार्थी संख्या शून्य

बेनीका सामुदायिक र निजी विद्यालयमा पठाउन थालेपछि पछिल्लो पाँच वर्षयता विद्यार्थी सङ्ख्या घट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युवा वर्ष आधारभूत विद्यालयको तीन वटा कक्षामा विद्यार्थी संख्या शून्य भएको छ ।

कक्षा चारसम्मको पठनपाठनको अनुमति पाएको विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या शून्य भएको हो । प्रधानाध्यापक खिमबहादुर चर्माकारले बालकक्षामा चार र कक्षा एकमा तीन जना विद्यार्थी रहेका बताए ।

“गत वर्ष कक्षा ४ मा तीन, ३, २ मा एक/एक एक र १ मा तीन जना विद्यार्थी थिए”, उनले भने, “चार कक्षा उत्तीर्ण भएका माथिल्लो तह अध्ययन गर्न, सारेमारे टोलबाट आउने २ र ३ का विद्यार्थी टाढा भएपछि अर्को विद्यालयमा भर्ना भए ।”

कक्षा १ का विद्यार्थीको उमेर कम भएको र सिकाइ वृद्धिका लागि कक्षा दोहोर्‍याइएको र बालकक्षामा नयाँ विद्यार्थी भर्ना गरिएको प्रअ चर्माकारले बताए। युवा वर्षको सेवा क्षेत्रमा पर्ने आनन्दबगर, लामगरा, सिम र सारेमारे टोलमा भर्नाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकले घरदैलो गरेका थिए ।

आनन्दबगर र सारेमारे टोल टाढा भए पनि नजिकैको लामगरा र सिमका अभिभावकले पनि बेनीका सामुदायिक र निजी विद्यालयमा पठाउन थालेपछि पछिल्लो पाँच वर्षयता विद्यार्थी सङ्ख्या घट्दै गएको व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाले बताए ।

लामगरा र सिममा करिब ५० घरपरिवारको बसोबास छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन, पुस्तकालय, बालमैत्री शिक्षण विधि, विपन्न विद्यार्थीको लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाए पनि अभिभावकले वास्ता नगर्दा निराश भएको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए।

विसं २०४१ मा स्थापना भएको विद्यालयमा १०० जनासम्म विद्यार्थी हुन्थे । सिकाइ उपलब्धि ९५ प्रतिशत छ । विद्यार्थी सङ्ख्या कम भएपछि गत वर्ष बेनी नगरपालिकाले एक वटा कक्षा घटुवा गरेर चार कक्षासम्म कायम गरेको थियो ।

उक्त विद्यालयमा हाल दुई जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना सहयोगी कर्मचारी छन् । बेनी नगरपालिकाले विद्यार्थी नभएका कक्षा घटुवा गर्ने र शिक्षकलाई नजिकको धेरै विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्ने नीति लिएको छ ।

युवा वर्षलगायत विद्यार्थी कम भएका विद्यालयको सघन अनुगमन गरेर आवश्यक निर्णय लिइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार