असार २२, २०८२ आइतबार July 6, 2025

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

देशभरका ५४ जिल्लाका बहिरा विद्यार्थीलाई बागलुङ–१ रामरेखास्थित धौलागिरि बहिरा आवासीय विद्यालयमा अध्यापन गराइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ) १८ जेठः बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने गण्डकी प्रदेशकै एउटा मात्रै विद्यालय हो । शारिरिक अपाङ्गता भएका, बौद्धिक र सुस्त श्रवण क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउने गरी विसं २०४३ मा स्थापना भएको विद्यालयमा अहिले बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययनरत छन् ।

बहिरा विद्यार्थीलाई रामरेखा बहिरा आवासीय विद्यालय र शारिरिक अपाङ्गता भएका विद्यार्थीलाई रामरेखा आधारभूत विद्यालयमा अध्ययनको व्यवस्था मिलाएपछि यस सामुदायिक विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययन गराउन थालिएको विद्यालयका प्रधानाध्यापक युक्तजङ्ग राजभण्डारीले जानकारी दिनुभयो ।

बौद्धिक अपाङ्गता भएका कास्की, पर्वत, म्याग्दी र बागलुङका ३५ विद्यार्थीले यस विद्यालयमा अध्ययन गरिरहेको राजभण्डारीको भनाइ छ । “बौद्धिक रुपमा अपाङ्गता भएका बालबालिका परिवारमा अपहेलनामा परेका हुन्छन्, उनीहरुलाई हुर्काउने, पालनपोषण गर्ने र सामान्य शिक्षा दिने काम यस सामुदायिक विद्यालयले गर्छ”, राजभण्डारीले भन्नुभयो, “विसं २०५३ मा आफ्नै विद्यालय भवन र विसं २०६६ मा ‘होस्टेल’ निर्माण गरिएको थियो, अहिले आवासीय रुपमा २२ विद्यार्थी बस्दै आएका छन् भने १३ जना विद्यार्थी घरबाटै विद्यालय आउने जाने गरेका छन्, उनीहरुलाई एकदेखि ५ कक्षासम्मको शिक्षा दिइन्छ ।”

उहाँले विद्यालयले नै अभिभावको जिम्मेवारी निभाउन निकै कठिन रहेको र विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगले आवासीय विद्यार्थीलाई खान, बस्न र लत्ता कपडाको जोहो भइरहेको छ । विद्यालयमा तीन शिक्षक र तीन कर्मचारी कार्यरत रहेका छन् ।

विसं २०४३ मा स्थापना भएको विद्यालयमा विसं २०५३ मा विर्टिस वेलफेयरले विद्यालयको भवन निर्माण गरेको थियो भने विसं २०६६ मा प्लान नेपालले होस्टेल निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यस विद्यालयमा चार वर्षदेखि १८ वर्षसम्मका बौद्धिक अपाङ्गता भएका विद्यार्थीले अध्ययन गरिरहेका छन् । श्रेष्ठका अनुसार विद्यालयमा विभिन्न सामाजिक सङ्घसंस्था तथा पुण्य तिथि, जन्म दिन र शुभकार्यको अवसरमा खाद्यान्न, लत्ताकपडा सहयोग प्राप्त भइरहेको बताउनुभयो ।

“विद्यालयमा अझै भौतिक पूर्वाधारको अभाव छ, बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समाल्नै समस्या हुन्छ, अभिभावकले विद्यालयलाई जिम्मा लगाउछन्, केही अभिभावकले दसैँ र तिहार बिदामा आफ्ना छोराछोरी घर लैजान मान्दैनन्”, श्रेष्ठले भन्नुभयो, “उनीहरुको खानपान, लत्ता कपडादेखि सरसफाइसम्मको काम विद्यालय कर्मचारीले नै गर्दा निकै समस्या छ, हामीले सेवाको भावले काम गरिरहेका छौं, गण्डकी प्रदेशमै यस्तो प्रकृतिको विद्यालय छैन, हामीहरु बौद्धिक अपाङ्ग बाहेकका अन्य विद्यार्थीलाई अध्यापन गराउदैनाँै ।”

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय उपल्लचौरमा अध्यापन गराइँदै आइएको छ भने देशभरका ५४ जिल्लाका बहिरा विद्यार्थीलाई बागलुङ–१ रामरेखास्थित धौलागिरि बहिरा आवासीय विद्यालयमा अध्यापन गराइँदै आइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार