असार २२, २०८२ आइतबार July 6, 2025

शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

जेठ २३ गते हुने पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मौलापुरकी मेयर रिना कुमारी साहलाई पुरस्कार प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सञ्जय मिश्रा/रौतहट, १८ जेठ । रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित गरिएको छ।

शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा ‘उत्कृष्ट नगरपालिका’ को रुपमा चयन भएको हो।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था (पान) द्वारा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले शिक्षाका २५ वटा मापदण्डहरूका आधारमा मौलापुर नगरपालिकालाई  उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरेको थियो। यही जेठ २३ गते हुने पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मौलापुरकी मेयर रिना कुमारी साहलाई पुरस्कार प्रदान गरिने छ ।

आयोजक संस्थाले मेयर साहलाई पुरस्कार ग्रहणका लागि विशेष आमन्त्रण समेत गरेको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखानालाई बताए ।

मौलापुर नगरपालिकाको समग्र शैक्षिक अवस्था, शिक्षा क्षेत्रको बजेट विनियोजन, बाल शिक्षा र इसीडी व्यवस्था, सिपमूलक शिक्षाको प्रवर्धन, शिक्षक र विद्यार्थीको सन्तुष्टि देखिएको छ।

त्यस्तै, विद्यालय बाहिरका बालबालिकालाई शिक्षामा जोड्ने पहल, शिक्षण सिकाइको अनुगमन, स्थानीय पाठ्यक्रमको प्रयोग, सूचना प्रविधिको उपयोग, छात्रालाई शिक्षामा जोड्ने कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार, तथा गुनासो व्यवस्थापन जस्ता २५ वटै मापदण्डमा मौलापुरले उत्कृष्टता प्रदर्शन गरेको पानले जनाएको छ।

मेयर रिना कुमारी साहको कुशल नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहकार्यले गर्दा यो उपलब्धि हासिल भएको भन्दै मौलापुर नगरपालिकाले सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।

मौलापुर नगरपालिकाले बालिकालाई शिक्षा प्रति आकर्षित गराउन निःशुल्क साईकल बितरण देखि उच्च शिक्षा अध्ययनरत बालिकालाई ल्यापटप समेत बितरण गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार