असार २२, २०८२ आइतबार July 6, 2025

सन्दीपले लिए पहिलो खेलमै विकेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् ।

सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो । सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ गरे ।

सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । नवौँ ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा आठ रन दिए । त्यसपछि ११औं ओभरमा सन्दीपले तीन रन मात्रै खर्चे । यस्तै खेलको १३औं ओभरमा उनले आठ रन दिए । सन्दीपले १५औं ओभरको दोस्रो बलमा विकट लिए । २१ बलमा २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जाड्रनको विकेट लिएका थिए । उनले चौथो ओभरमा मात्र चार रन खर्चे ।

ट्रीनिडाड एन्ड टोबेगोमा जमैकाको कप्तानी रोभमन पावेलले तथा सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गरेका थिए । जमैकाले टस जितेर फिल्डिङ राजेको थियो । सेन्ट लुसियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनायो । एक सय ५९ को विजय लक्ष्यका साथ जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रन बनाए । यस्तै नाजिबउल्लाह जाड्रनले २५, आन्द्रे फ्लेटचरले २२ तथा मार्क डियलले १७ र मोहमद नाबीले १३ रनको योगदान दिए । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले दुई दुई तथा आन्द्रे रसेलले एक विकेट लिए । जमैकाका लागि असिफ अलीले अविजित ४७, ग्लेन फिलिप्सले ४४, कप्तान रोभमन पावेलले २६ तथा आन्द्रे रसेलले १६ रनको योगदान दिए ।

जमैकाको शुरुआत राम्रो रहेन । जमैकाले पाँच रनमा पहिलो विकेट तथा १३ रनमा दोस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि पावेल र फिलिप्सले अर्धशतकीय पारी खेले । बलिङतर्फ सेन्ट सुसियाका केस्रिक विलियम्सले दुई तथा आवेड मकेय, स्कट कगेल्जिन र राहकिम क्रनवालले एक एक विकेट लिए ।

अब सन्दीपको टोली जमैकाले शनिबार ट्रिबागो नाइट राइटर्ससित दोस्रो खेल खेल्नेछ । उक्त खेल बिहान सवा तीन बजे सुरु हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार