भाद्र ६, २०८३ शनिबार August 22, 2026

विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा

प्रदर्शनीमा प्रदेशका १२ जिल्लाका ७० वटा विद्यालयले भाग लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, २२ जेठः कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले यही जेठ २४, २५ र २६ गते विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा प्रतियोगितात्मक प्रदर्शनीसहित कार्यक्रम आयोजना गर्न लागेको छ ।

एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राईले प्रदर्शनीमा प्रदेशका १२ जिल्लाका ७० वटा विद्यालयले भाग लिने बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिको प्रयोगबिना मुलुकको समृद्धि यात्रा सम्भव छैन । कोशी प्रदेशमा भइरहेका खोज, अनुसन्धान र आविष्कारलाई प्रोत्साहित गर्न कार्यक्रम आयोजना गरिएको हो ।”

विभागका अध्यक्ष गणेश पोखरेलले प्रदर्शनमा यहाँका एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने गरी तयारी गरिएको बताउनुभयो । प्रदर्शनीमा प्रथम हुने विद्यालयले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, तेस्रो हुनेले रु दुई लाख र सान्त्वना हुनेले रु एक लाख नगद पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रत्येक जिल्लाका एकजना उत्कृट सहभागी विद्यालयलाई रु २५ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिसम्बन्धी नमूनालाई सहभागी गराइने छ ।

प्रतियोगितामा १२५ वटा स्टल रहने र तीमध्ये २० वटा सशुल्क रहने अध्यक्ष पोखरेलले बताउनुभयो । प्रदर्शनीमा रामलक्ष्मण इनोभेसन सेन्टर, रोबर्ट एसोसिएसन, मदन भण्डारी कलेजलगायतको अप्रतियोगी आविष्कारहरू राखिने छन् । प्रदर्शनीकै क्रममा आयोजना हुने गोष्ठीमा विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरिने पोखरेलले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार