कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

यसै वर्षको अक्टोबरमा निर्माण सुरु हुने दादासाहेब फाल्केको बायोपिकपछि लोकेशको फिल्म सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, २३ जेठ । बलिउड सुपरस्टार आमिर खान र तमिल निर्देशक लोकेश कनागराज पहिलो पटक एकसाथ काम गर्ने भएका छन्।

गत वर्षमा नै यी जोडीले एउटा पूर्ण फिल्मसहित दुईवटा फिल्ममा काम गर्ने बताइएको भए पनि अहिले टुंगोमा पुगेका हुन् ।

सामान्यतया आमिर खानले उत्पादनमा भएको फिल्मको रिलीज पछि मात्रै आफ्नो नयाँ फिल्मका बारेमा निर्णय गर्दछन् । तर यस पटक भने अभिनेताले पहिले नै पाइपलाइनमा एक जोडी फिल्महरू राखिसकेका छन्। उनी आगामी फिल्म २० जुनमा ठूलो पर्दामा रिलिज हुदैँछ, आफ्नो चलचित्र ‘सितारा जमीं पर’ को तयारीमा उनी ब्यस्त रहेको बेला यो समाचार बाहिरिएको हो ।

हालै, दंगल स्टारले भारतीय सिनेमाका पिता भनेर चिनिने ‘दादासाहेब फाल्के’ को बायोपिकका लागि निर्देशक राजकुमार हिरानीसँग आफ्नो पुनर्मिलन घोषणा गरिसकेका छन् । र, अब उनले लोकेश कंगराजसँग अर्को प्रोजेक्ट कन्फर्म गरेका हुन् ।

लोकेश कनागराजसँग फिल्मको बारेमा सोध्दा अमिरले भने, ‘लोकेश र म एउटा फिल्ममा काम गर्दैछौं। यो सुपरहिरो विधाको हो। यो ठूलो स्तरको एक्सन फिल्म हो र २०२६ को दोस्रो हाफमा फ्लोरमा जानेछ।

यो अफवाहहरू पनि थिए कि आमिर खान र राजकुमार हिरानीले पीकेः २ को बारेमा छलफल गरिरहेका छन र उनीहरू चाँडै सुटिङमा जाने हल्लाहरू पनि चलेको थियो । तर, उनले यसलाई अस्वीकार गर्दै यो अफवाह मात्र भएको बताएका छन् ।

यसै वर्षको अक्टोबरमा निर्माण सुरु हुने दादासाहेब फाल्केको बायोपिकपछि लोकेशको फिल्म सुरु हुनेछ ।

यसैबीच, आमिरले लोकेश कानागराजको सुपरस्टार रजनीकान्त अभिनित ‘कुली’ मा पनि केमियो रोल गरिरहेका छन्। जुन यस वर्षको अगस्ट १४ मा रिलिज हुँदैछ र यशराज फिल्म्सको ‘वार २’ सँग भिड्नेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार