असार २३, २०८२ सोमबार July 7, 2025

समाज सुखी र समृद्ध बनाउन वैज्ञानिक समाजवादको कार्यान्वयन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

अन्तिम सत्यमा अडिन थालियो भने अर्को अनुसन्धान रोकिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउन वैज्ञानिक समाजवादको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित सशस्त्र प्रहरी नायब निरीक्षक नन्दराज जोशीद्वारा लिखित ‘गतिशील भौतिकवाद’ पुस्तक विमोचन कार्यक्रममा उहाँले आम जनताको हित कायम गर्न समाजवादी अर्थव्यवस्थामा उद्यमशीलताका माध्यमबाट देश विकास गर्न सकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा विभिन्न समयमा महत्त्वपूर्ण दर्शन, विचार र चिन्तनको विकास भएको बताउँदै कपिल दर्शनकै आधारमा कपिलवस्तु विकास भएको र बुद्ध दर्शनले उत्पत्ति र विनास भइरहेको तथ्य ल्याएको विचार व्यक्त गर्नुभयो ।

खोज तथा अनुसन्धानमा अन्तिम सत्य भन्ने नहुने बताउँदै उहाँले अन्तिम सत्यमा अडिन थालियो भने अर्को अनुसन्धान रोकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री भानुभक्त जोशीले पुस्तकका लेखक जोशीले पुस्तकमा मानव शरीरदेखि विश्व ब्रह्माण्डको विकासका बारेमा अध्ययन गरेर लेखिएको पुस्तक दार्शनिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताउनुभयो ।

पुस्तकका लेखक जोशीले गतिशील पदार्थको सापेक्ष तत्व नै आफूहरू भएको बताउँदै चेतना के हो ? चेतना कसरी निर्माण हुन्छ ? भन्नेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा वरिष्ठ वैज्ञानिक एवं नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठानका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले पुस्तकको समीक्षा गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया