श्रावण ७, २०८२ बुधबार July 23, 2025

करारका कर्मचारी हटाउने निर्णय सच्याउन चित्र बहादुर केसीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: राष्ट्रिय जनमोर्चाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका करारमा कार्यरत कर्मचारीलाई हटाउन निर्देशन दिइएकोमा आपत्ति जनाएको छ ।

कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक कोष जुटाउन प्रशासनिक क्षेत्रको खर्च कटौती गर्ने सरकारको नीति सही भएपनि ती निकायमा भएका अन्य अनावश्यक खर्चबाट कर्मचारीलाई कायम राख्न सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा शुक्रबार यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

कतिपय गाउँपालिका तथा नगरपालिकामा सरकारले अझै दरबन्दी अनुसार कर्मचारी पठाउन नसकेको स्थितिमा ती तहले आवश्यकतानुसार करारमा नियुक्ति गरेका कर्मचारीलाई हटाउनु सही नहुने जनाएको हो ।

कतिपय तहमा दरबन्दी नतोकिएका वा अति जरुरी भएकाबाहेक अन्य कर्मचारी नियुक्त गरिएको अवस्थामा भने उनीहरुलाई तुरुन्त हटाइन सो पार्टीले आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया