काठमाडौं २५ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवनको नेपाल नमूना माध्यामिक विद्यालयका तत्कालीन तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक दिपकचन्द्र शर्मा, सदस्य सचिवसमेत रहेका प्रधानाध्यापक वुद्धिराज सुवेदी र शिक्षक विजय सुवेदीविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको छ ।
उनीहरूले नियुक्ति हुने शिक्षक-कर्मचारीलाई स्थायी गर्ने, समायोजन गरेर नभएको नपाएको ओहदा पाएको भनी दुरूपयोग गरेकाले भष्टाचारको मुद्दा चलाइएको आयोगले जनाएको हो ।
उनीहरूले २०५५ कात्तिक ८ गते कारर नियुक्ति गरेकोमा शिक्षक विजय सुवेदीलाई २०६३ माघ १३ गते प्रावि-माविको कक्षा लिने जिम्मेवारी दिएको पाइएको छ । साथै २०७२ पुस ४ गते उच्च माविमा करारमा नियुक्ति गरेर २०७८ भदौ ७ गते बैठक बसेर आफूमा नभएको अधिकार प्रयोग गरी शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापक विनियम बनाएका थिए। उक्त विनियम बनाएर शिक्षक सुवेदीलाई तृतीय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराएको अनुसन्धानबाट देखिएको आयोगगको भनाई छ ।
यसैगरी शिक्षक विजया सुवेदीलाई २०७८ साउन १ गतेदेखि लागु हुने गरी निम्न माध्यमिक विद्यालय (नि.मा.वि.) तृतीय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराउने, साथै सोही मितिबाट स्थायी गरी कर्मचारी सञ्चय कोष कट्टा गर्ने व्यवस्थासमेत मिलाउने निर्णय गरेको आयोगको आरोप छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया