कार्तिक २३, २०८३ सोमबार November 9, 2026

उपल्लो मुस्ताङमा चार करोड लागतको छात्रावास भवनको शिलान्यास, भारत–नेपाल साझेदारीको नयाँ आयाम

भारत सरकारको सहयोगमा उपल्लो मुस्ताङमा आवासीय छात्रावास र चमेनागृह भवनको शिलान्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुक्तिनाथ (मुस्ताङ),  जेठ २६ गते । भारत विकास सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, छोसेरस्थित दिब्यदिप माध्यमिक विद्यालयमा २४ कोठे आवासीय छात्रावास तथा चमेनागृह भवनको शिलान्यास गरिएको छ।

करीब चार करोड ३० लाख ८५ हजार ३४९ रुपैयाँ लागतमा निर्माण हुने सो भवनको शिलान्यास लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्वु गुरूङ र नेपालस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले संयुक्त रूपमा गर्नु भयो।

सो अवसरमा अध्यक्ष गुरूङले भवन निर्माणबाट विद्यार्थीलाई बसोबास र शिक्षण सिकाइमा सहजता पुग्ने बताउँदै भारत सरकारप्रतिको कृतज्ञता व्यक्त गर्नुभयो। भवन निर्माणमा भारतीय दूतावासको ८० प्रतिशत तथा गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारी रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल केसीले जानकारी दिनुभयो।

भारतीय दूतावासका उपप्रमुख श्रीवास्तवले परियोजनालाई भारत–नेपाल सम्बन्धमा विकास साझेदारीको उत्कृष्ट उदाहरण भन्दै यसले दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, अन्य स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, समाजसेवी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उपल्लो मुस्ताङको एक मात्र माध्यमिक विद्यालयको रूपमा रहेको दिब्यदिप विद्यालयमा हाल बालविकासमा १३ जना र कक्षा १ देखि १० सम्म ६५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीका अनुसार विद्यालयले प्रत्येक वर्ष ६ महिनाको लागि पोखरास्थित आफ्नै चार तले भवनमा पठनपाठन सञ्चालन गर्दै आएको छ।

विद्यालयको भवन निर्माणका लागि स्थानीय वृद्धा टासी याङजीनले दुई रोपनी तीन आना जग्गा निःशुल्क प्रदान गर्नुभएको छ। उपल्लो मुस्ताङ क्षेत्रमा भारत, चीन, अमेरिका लगायतका मुलुकहरूको विकास सहयोगमा विभिन्न परियोजनाहरू सञ्चालन हुँदै आएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८३ कार्तिक २३, सोमबार
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
२०८३ कार्तिक २३, सोमबार
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
२०८३ कार्तिक २३, सोमबार
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार