कार्तिक २३, २०८३ सोमबार November 9, 2026

गुल्मीको रेसुङ्गा क्याम्पसले उल्लेखनीय प्रगति गर्दै

स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन भइरहेको यस क्याम्पसमा हाल विद्यार्थीको आकर्षण पुनः बढ्न थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः तीन वर्षअघि आर्थिक सङ्कटकाल घोषणा गर्न बाध्य भएको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले उल्लेखनीय प्रगति गर्दै पुनः स्थायीतर्फ कदम चालेको छ । विगतमा बन्द हुने अवस्थामा पुगेको यो क्याम्पसले पछिल्लो तीन आर्थिक वर्षमा उल्लेख्य सुधार गरेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले पत्रकार सम्मेलनमार्फत क्याम्पसको प्रगतिको जानकारी दिँदै विद्यार्थी सङ्ख्या र आर्थिक व्यवस्थापन दुबैमा सुधार आएको बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरूमा क्याम्पसको आम्दानी भन्दा दोब्बर तलब खर्च हुँदै आएको थियो ।

जसका कारण प्रत्येक वर्ष झन्डै डेढ करोड रुपैयाँभन्दा बढी ऋण थपिन थालेको थियो । शिक्षक र कर्मचारी कटौती तथा खर्च नियन्त्रणका उपायमार्फत सुधारको बाटो लिइएको अध्यक्ष भलामीले जानकारी दिनुभयो।

यसो हुनुमा क्याम्पसका विभिन्न खर्चहरू उच्च थिए । जसलाई नियन्त्रण गर्ने प्रयास क्याम्पसले तीव्र रूपमा सुरु गरेको थियो ।

प्रारम्भिक सुधार प्रक्रियामा ७ जना प्राध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकाश दिइएको थियो । विश्वविद्यालयको नियम अनुसार १० जना भन्दा कम विद्यार्थी भएका कक्षा सञ्चालन गर्न नपाइने भएकाले यस्तो निर्णय लिइएको थियो ।

यसैसँगै, क्याम्पसले आफ्ना प्रशासनिक र अन्य खर्चहरूमा कटौती गर्न सुरु गर्‍यो । यस निर्णयपछि, क्याम्पसले आफ्नो वित्तीय स्थिति सुधार्न थालेको सञ्चालक समिति अध्यक्ष भलामीको भनाइ छ ।

क्याम्पसले खर्च कटौतीका साथसाथै आम्दानी बढाउने उपायहरू पनि अपनाइरहेको क्याम्पस प्रमुख सूर्यप्रसाद उपाध्यायले बताउनुभयो । यस प्रयासले क्याम्पसलाई आर्थिक रूपले सुदृढ बनाउने दिशामा अघि बढाएको छ ।

अहिले क्याम्पसले प्रशासनिक खर्च कटाएर आम्दानी गर्न समेत थालेको बताइएको छ । शैक्षिक सत्र २०७९र०८० मा क्याम्पसमा ७४९ जना विद्यार्थी अध्ययनरत थिए भने २०८०र०८१ मा ७१९ र २०८१र०८२ मा सङ्ख्या पुनः बढेर ७३१ पुगेको छ ।

स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन भइरहेको यस क्याम्पसमा हाल विद्यार्थीको आकर्षण पुनः बढ्न थालेको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या बढ्नु र क्याम्पसको आर्थिक अवस्था सुधारिनुले क्याम्पसका सञ्चालकहरूमा उत्साहको लहर पैदा गरेको छ ।

वि.सं. २०३९ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस ४३ वर्षदेखि उच्च शिक्षाको सेवा दिँदै आएको छ । ७ वटा सुविधा सम्पन्न भवन र ६५ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसले आर्थिक रूपमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ ।
जसले क्याम्पसलाई शैक्षिक र भौतिक दृष्टिले अझ बलियो बनाएको छ । क्याम्पसले आफ्नो समृद्ध भविष्य र शैक्षिक प्रगतिको यात्रा जारी राख्ने सञ्चालक समिति अध्यक्ष भलामीले बताउनुभयो ।

ग्रामीण क्षेत्रका क्याम्पसहरूमा विद्यार्थी घट्दै गएकै बेला रेसुङ्गा क्याम्पसको पुनरुत्थानले शिक्षा क्षेत्रको लागि सकारात्मक सङ्केत पैदा गरेको छ । हाल क्याम्पसमा १५ जना पूर्णकालीन, १० जना आंशिक प्राध्यापक गरी २५ जना प्राध्यापकहरू र ७ जना कर्मचारीहरू कार्यरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८३ कार्तिक २३, सोमबार
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
२०८३ कार्तिक २३, सोमबार
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
२०८३ कार्तिक २३, सोमबार
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार