मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

‘किमद्वारा नितिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: उत्तर कोरियाली सर्वोच्च नेता किम जङ-अनले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ ।

किमले अहिले पनि अझै पनि सम्पूर्ण राजकीय मामिला चलाइरहेको नेशनल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरेको छ । दक्षिण कोरियाली उक्त गुप्तचर संस्थाले बताए अनुसार सर्वोच्च नेता किमले बहिनी किम यो-जङलाई थप जिम्मेवारी हस्तान्तरण गर्दै उहाँलाई थप शक्तिशाली बनाएको छ ।

संस्थाले यो सूचना दक्षिण कोरियाको माथिल्लो सदनको बन्द छलफलमा दिएको बताइएको छ । छलफलपछि सांसदहरूले उक्त आँकलनबारे पत्रकारहरूसँग छलफल गरेका बीबीसीले उल्लेख गरेको छ । जासुसी संस्थालाई उद्धृत गर्दै भनिएको छ, “सर्वोच्च नेता किम जङ-अनले अझै पनि पूर्ण अधिकार प्रयोग गरिरहनुभएको तर विस्तारै आफ्नी बहिनीलाई शक्तिशाली बनाउने रणनीति अघि सारेको देखिन्छ ।

अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको बनेको समाचारहरू सार्बजनिक भएका छन् । तर नेता किमले बहिनीलाई ‘उत्तराधिकारी छान्नुभएको’ भने छैन ।

नेता किमको निर्णय ’राजकीय तनावबाट छुटकारा पाउने र नीतिगत विफलताको दोषबाट जोगिने’ उपाएको एउटा भाग भएको जासुसी संस्थाको दावी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार