श्रावण २०, २०८३ बुधबार August 5, 2026

चलचित्र ‘मोहर’ को टिजर सार्वजनिक, पल शाह दोहोरो अवतारमा

‘मोहर’ टिजरमा देउकी प्रथाको कथा, पल शाहसँग बेनिशा र नीति फरक रूपमा प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी साउन २३ गते रिलिजमा आउने फिल्म मोहरको टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक १ मिनेट १८ सेकेन्को टिजरमा देउकीको कथा उठाइएको छ।

नलेखिएको नियमको कथा भन्ने फिल्मको टिजरमा पल लामो र छोटो कपालमा देखिएका छन्। लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मास“ग जोडिएको छ भने कपाल छोटो भएको पलको कथा नायिका नीति शाहस“ग जोडिएको छ।

फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा पनि पल शाहलाई दोहोरो अवतारमा प्रस्तुत गरिएको छ। उनी लामो कपालमा बेनिशा हमालसँग अँगालोमा बाँधिएका छन् भने छोटो कपालमा नीति शाहको अ“गालोमा देखिएका छन्।

फिल्म मेकर्स प्रालिको ब्यानरमा चँम्बनजंग शाहीद्वारा निर्मित फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा, बाल–कलाकार सारा शर्मालगायतले अभिनय गरेका छन्।

रोशनजंग शाही लाइन प्रोड्युसर रहेको फिल्म ओम प्रतीकको लेखन र निर्देशनमा बनिरहेको छ भने सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको डीओपी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया