श्रावण १४, २०८२ बुधबार July 30, 2025

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

शासन प्रणालीमा आएका समस्या तथा निर्वाचन प्रणालीका चुनौतीका विषयमा बृहत् छलफल गर्नुपर्ने समय आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३१ जेठः सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन देखापरेका चुनौतीहरूको समाधान गर्न निर्वाचन पद्धति र प्रणालीबारे गम्भीर विवेचना गर्नुपर्ने आवश्यकता आँैल्याउनुभएको छ ।

संविधानविद् वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालमा निर्वाचन प्रणालीः तुलनात्मक अध्ययन’ पुस्तकको आज यहाँ सार्वजनिकीकरण गर्दै उहाँले शासन प्रणालीमा आएका समस्या तथा निर्वाचन प्रणालीका चुनौतीका विषयमा बृहत् छलफल गर्नुपर्ने समय आएको बताउनुभयो ।

“निर्वाचन प्रणालीका दोष हुन कि निर्वाचन आचारसंहितासँग गाँसिएका विषयहरू, यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको समस्या हो कि?”, सभामुख घिमिरेले प्रश्न गर्दै भन्नुभयो, “निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छ । निर्वाचनलाई निष्पक्ष, पारदर्शी बनाउने, सबैको उचित सहभागिता बनाउने र त्यसबाट बनेका जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढङ्गबाट काम गर्ने विधि के हुन सक्छ, छलफल हुनुपर्छ ।”

उहाँले कार्यान्वयन गर्ने तहमा इमान्दारिताको समस्या वा प्रणालीमा समस्या केहो भन्नेमा बहस हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले स्थायित्व प्राप्त गर्न नसक्ने, सङ्घीय संसद्को प्रभावकारी भूमिका निर्वाह र सरकारलाई निर्दिष्ट गर्न आइरहेका समस्या व्यवहार वा नीतिगत के हुन् भन्नेबारे छलफलका लागि सभामुख घिमिरेले बुद्धिजीवी सबैलाई आह्वान गर्नुभयो । “आचार विचार र पद्धतिका समस्या हुन् कि संविधानको व्यवस्था वा निर्वाचन प्रणालीको समस्या हो, त्यसमा गहिरो विवेचना गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

पैरवी बुक हाउस प्रालिद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले पुस्तक सार्वजनिकीकरण गर्दै भविष्यमा अपनाउनुपर्ने निर्वाचन प्रणालीबारे सबै निकाय र तहमा बहस हुनुपर्नेमा जोड दिनुभयो । उक्त पुस्तक पैरवी बुक हाउसले प्रकाशनमा ल्याएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार