श्रावण ७, २०८२ बुधबार July 23, 2025

पुजारी हत्या गर्नेलाई कारबाही गर्न गगन थापाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका नेता गगनकुमार थापाले रौतहटमा गरिएको पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।

नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका-२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको विषयमा छिटोअनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको हो । पुजारीमाथि मन्दिरमा रोटी खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो।

पुजारीको हत्या हुँदा एक शब्द नबोलेको भन्दै गगनको आलोचना भइरहेका बेला शनिवार विहान ट्वीटरमार्फत पुजारीका हत्यारामाथि कारवाही गर्न सरकारसँग माग गर्नुभएको हो । नेता थापाले नेपाल प्रहरीसँग घटनाको अनुसन्धानबारे पनि जानकारी समेत माग गर्नुभएको छ ।

ट्विटरमा उहाँले लेख्नुभएको छ, ‘रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन बितिसकेको छ। नेपाल प्रहरी, घटनाको अनुसन्धान के भइरहेको छरु अनुसन्धानमा बिलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानुनी कारबाही गर्न सरकारसँग आग्रह गर्दछु।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार