काठमाण्डौं: नेपाली लेगस्पेनर सन्दीप लामिछाने सम्मिलित टोली जमैकाले शनिबार राति तेस्रो खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले तेस्रो खेलमा गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र गुएनाबीचको खेल नेपाली समय अनुसार राति १२ बजे आरम्भ हुने छ । वारियर्सविरुद्ध मैदान उत्रिँदा जमैका दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो । जमैका २ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । एजेन्सि
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया